१. निर्जीवन बीमाको अवधि कति हुन्छ?
सामान्यता, निर्जीवन बीमाको अवधि एक वर्ष हुन्छ ।
२. के मैले वर्षको अन्तिम सम्म दाबी नगर्दा मेरो पैसा फिर्ता पाउँछु?
जीवन बीमामा जसरी निर्जीवन बीमामा तपाईले वीमाशुल्क रकम फिर्ता पाउनुहुन्न ।
३. किन मलाई मेरो सवारीको लागि बीमा चाहिन्छ?
तपाईको सवारी साधनको न्यूनतम तेस्रो पक्ष बीमा गर्न कानूनी रुपमा पनि अनिवार्य छ ।
४. व्यापक बीमा तथा तेस्रो पक्ष बीमामा भिन्नता के छ?
सवारी साधनको व्यापक बीमावाट तपाईको सवारीमा भएको क्षतिका साथै तेस्रो पक्षको समेत जोखिम वहन गर्दछ । यसका साथै प्राकृतिक जोखिमबाट भएको क्षति, चोरी, हुलदंगा, हड्ताल, द्धेषपूर्ण तथा तोडफोड बाट भएको क्षति पनि वहन गर्दछ ।
साथै तेस्रो पक्ष बीमाले शारीरिक चोटपटक, मृत्यु र तेस्रो पक्षको सम्पत्ति मा भएको क्षतिलाई मात्र वहन गर्दछ ।
५. सवारी बीमाको लागि मैले मसँग कुन–कुन कागजपत्र लिएर आउनुपर्छ?
नयाँ खरिदको हकमा भ्याट बील, सवारी दर्ता किताब (ब्लु बुक), नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो र तपाईले बीमा गर्न चाहनु भएको सवारी ।
६. यदि मेरो सवारीको दुर्घटना भएमा वा सवारी चोरी वा क्षति भएमा के हुन्छ?
सवारी साधनको दुर्घटना पछि तपाईले सर्वप्रथम बीमा कम्पनीलाई सूचना दिनु पर्दछ । तपाईको नजिकैको शाखामा सम्पर्क गरी लिखित सूचना दिनुहोस् । बीमकलाई सूचना नदिई तपाईको सवारीको मर्मत नगर्नुहोस् । कम्पनीवाट घटनाको अवस्था हेरी सर्भेयर नियुक्त गर्न सकिन्छ ।
७. दाबी भुक्तानीलाई कति समय लाग्छ?
तपाईले दाबीका लागि सम्पूर्ण कागज–पत्र बुझाउनु भएको खण्डमा दावी भुक्तानीको लागि केहि हप्ता लाग्न सक्छ ।
८. मेरो बीमा कागज–पत्र हराएको खण्डमा के हुन्छ ?
तपांईलाई प्रदान गरिएको सक्कल प्रतिको आधारमा कम्पनीबाट कागजपत्रको प्रतिलिपि माग गर्न सक्नुहुन्छ ।
९. किन मेरो सवारीको मूल्यह्रास भएको हो?
बीमा समितिको मार्गदर्शन तथा नेपाल मोटर बीमादर अनुसार सबै सवारी साधनहरुकोे मुल्यहा्रस गर्ने व्यवस्था गरिएको छ ।
१०. मेरो सवारी साधनको बीमा अवधिको म्याद सकिए पछि समयमा नविकरण नगर्दा के हुन्छ ?
तपाईको सवारीको बीमा अवधिको म्याद सकिएपछि जोखिम वहन गरिदैन । वीमाको म्याद सकिएको ३० दिन पछि नविकरण गरेमा तपाईले दावी नगरे वापतको छुट पनि पाउनुहुन्न ।