Skip to content

सामूहिक व्यक्तिगत दुर्घटना बीमा

यस कम्पनीको सामूहिक व्यक्तिगत दुर्घटना बीमालेखले तपाईलाई बाहिरी हिंसात्मक तथा देखापर्ने माध्यमबाट भएको दुर्घटनाबाट औषधोपचारमा आइपरेको आर्थिक नोक्सानीको लागि क्षतिपुर्ति प्रदान गर्दछ । साथै यस बीमालेखवाट हुलदंगा, हड्ताल, द्धेषपुर्ण क्षति, तोडफोड तथा आतंकवादवाट भएको दुर्घटनाबाट वा आईपर्ने औषधोपचारमा लागेको खर्चको लागि पनि क्षतिपुर्ति प्रदान गर्दछ ।
यस कम्पनीवाट सामूहिक दुर्घटना वीमाको पहिलो बीमालेख डिसेम्बर १, १९९३ मा जारी गरिएको थियो ।


के वहन हुन्छ ?


यसले दुर्घटनाबाट आइपरेको निम्न बमोजिम नोक्सालाई वहन गर्दछ ः
क. मृत्यु : बीमाङ्कको १०० प्रतिशत रकम
ख. स्थायी पूर्ण अशक्तक्ता : बीमाङ्कको १०० प्रतिशत रकम
ग. स्थायी आंशिक अशक्तक्ता
बीमाङ्कको ५० प्रतिशत रकम सम्म– एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा/हातको बुढी औलाको पूर्ण रुपले क्षति भएमा
बीमाङ्कको २० प्रतिशत रकम– हातको चोरी औला पूर्ण रुपले क्षति भएमा
बीमाङ्कको १५ प्रतिशत रकम– हातको अरु कुनै औलाको पूर्ण रुपले क्षति भएमा
बीमाङ्कको ७ प्रतिशत रकम– खुट्टाको बुढी औला पूर्ण रुपले क्षति भएमा
बीमाङ्कको ५ प्रतिशत रकम– खुट्टाको अरु कुनै औलाको पूर्ण रुपले क्षति भएमा
बीमाङ्कको ४ प्रतिशत रकम– अन्य कुनै अंगभंग भएमा विशेषज्ञले निर्धारण गरे बमोजिम
घ. पूर्ण अस्थायी अशक्तक्ता
बीमाङ्कको १ प्रतिशत रकम प्रति हप्ता (साप्ताहिक तलवको अनुपातमा अधिक नहुने गरी)
ङ. दुर्घटना जन्य मेडिकल खर्च
व्यक्तिगत बीमाङ्कको १० प्रतिशत रकम सम्म, अधिकतम रु. १००,०००÷–

दाबीका लागि के चाहिन्छ ?


चोटपटकका लागि
१. दाबीको जानकारी (पत्र वा इमेल मार्फत)
२. दाबीकर्ताले पूर्ण रुपमा छाप सहित भरेको दाबी फारम
३. सम्बन्धित डाक्टर÷अस्पतालले सम्पन्न गरेको छाप सहितको प्रेस्किृप्सन
४. उपचारमा संलग्न अस्पतालको प्रेस्क्रिपशन र अस्पताल भर्ना भएको खण्डमा डिस्चार्ज स्लिप
५. उपचारमा हुन आएको खर्चको सक्कल नगदी विल (त्बह क्ष्लखयष्अभ)
६. सम्वन्धित कार्यालयवाट कार्यालयमा उपस्थित भएको मिति खुल्ने पत्र वा वीदा वसेको जानकारी पत्र
७. हाजिरी रजिस्टर÷बिदाको विवरणको प्रमाणित सक्कल
८. घाइते कर्मचारीको मासिक तलव

दुर्घटनागत मृत्यु
१. दाबीको जानकारी (पत्र वा इमेल मार्फत)
२. सम्बन्धित कार्यालयले आफ्नो आधिकारिक छाप सहित भर्नु पर्ने दाबी फारम
३. उपचारमा संलग्न डाक्टर÷अस्पतालले जारी गरेको प्रेस्क्रिप्सनको सक्कल वा प्रतिलिपि
४. सम्बन्धित प्रहरी अधिकारी समक्ष दिइएको जाहेरी दरखास्त
५. सक्कल प्रहरी प्रतिवेदन
६. सर्जमिन मुचुल्का
७. पोष्टमार्टम रिपोर्ट
८. मृत्यु दर्ता प्रमाण–पत्र
९. लास सदगत् पुर्जी
१०. अन्य सान्दरर्भिक कागजपत्र

Read More Show Less