Skip to content

व्यक्तिगत दुर्घटना

दुर्घटना हुन सक्छ – यो वाक्यांश ले नै धैरै शब्द बोल्छ । तपाईको जीवन अथवा शारीरिक नोक्सानीको कुनै मुल्य राख्न नमिले पनि व्यक्तिगत दुर्घटना बीमालेखले तपाईलाई त्यस किसिमको घटना बाट हुने आर्थिक भारबाट राहत प्रदान गर्दछ । यस बीमालेखले अस्थायी पूर्ण अपाङ्गताको हकमा साप्ताहिक हिसावले क्षतिपूर्ति प्रदान गर्दछ । यदि तपाई रोजगारदाता हनुहुन्छ भने आफ्ना कर्मचारीलाई सुरक्षा प्रदान गर्न अथवा स्वरोजगार हुनुहुन्छ भने आफ्नो सुरक्षाको अनुभुति गर्ने व्यक्तिगत दुर्घटना बीमा अन्त्यन्त जरुरी छ ।

के वहन हुन्छ ?

यसले निम्न अनुसारको नोक्सानी वहन गर्छ जुन दुर्घटनाको कारणबाट उत्पन्न भएको हुन्छ :


१. मृत्यु : बीमाङ्कको १०० प्रतिशत रकम
२. स्थायी पूर्ण अशक्तक्ता : बीमाङ्कको १०० प्रतिशत रकम
३. स्थायी आंशिक अशक्तक्ता
बीमाङ्कको ५० प्रतिशत रकम सम्म– एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा/हातको बुढी औलाको पूर्ण रुपले क्षति भएमा


बीमाङ्कको २० प्रतिशत रकम– हातको चोरी औला पूर्ण रुपले क्षति भएमा
बीमाङ्कको १५ प्रतिशत रकम– हातको अरु कुनै औलाको पूर्ण रुपले क्षति भएमा
बीमाङ्कको ७ प्रतिशत रकम– खुट्टाको बुढी औला पूर्ण रुपले क्षति भएमा
बीमाङ्कको ५ प्रतिशत रकम– खुट्टाको अरु कुनै औलाको पूर्ण रुपले क्षति भएमा
बीमाङ्कको ४ प्रतिशत रकम– अन्य कुनै अंगभंग भएमा विशेषज्ञले निर्धारण गरे बमोजिम

४. पूर्ण अस्थायाी अशक्तक्ता
बीमाङ्कको १ प्रतिशत रकम प्रति हप्ता (साप्ताहिक तलव अधिक नहुने गरी)
५. चिकित्सा फाइदा (दुर्घटनाजन्य)
व्यक्तिगत बीमाङ्कको १० प्रतिशत रकम सम्म, अधिकतम रु. १००,०००÷–
यस कम्पनीवाट व्यक्तीगत दुर्घटनाको पहिलो बीमालेख डिसेम्वर १, १९९३ मा जारी गरेका थियौ ।

दाबीका लागि के–के चाहिन्छ ?


दुर्घटनामा

१. दाबीको जानकारी (पत्र वा इमेल मार्फत)
२. दाबीकर्ताले पूर्ण रुपमा छाप सहित भरेको दाबी फारम
३. सम्बन्धित डाक्टर/अस्पताल ले भरेकोे छाप सहितको चिकित्सा प्रतिवेदन
४. उपस्थित डाक्टर/अस्पतालको प्रेस्क्रिपशन÷प्रतिवेदन सक्कल वा प्रतिलिपि र भर्ना भएको खण्डमा डिस्चार्ज सांराश
५. उपचारमा हुन आएको खर्चको सक्कलै नगदी रसिद ( त्बह क्ष्लखयष्अभ )
६. Your confirmation about date of joining office by the injured staff after leave.
७. हाजिरी रजिस्टर/बिदाको विवरणको प्रमाणित सक्कल
८. घाइते कर्मचारीको मासिक तलव

दुर्घटनागत मृत्यु

१. दाबीको जानकारी (पत्र वा इमेल मार्फत)
२. सम्बन्धित कार्यालयले आफ्नो आधिकारिक छाप सहित भर्नु पर्ने दाबी फारम
३. उपस्थित डाक्टर/अस्पतालले जारी गरेको प्रेस्क्रिप्सन (पर्चा) को सक्कल वा प्रतिलिपि
४. सम्बन्धित प्रहरी अधिकारी समक्ष दिइएको जाहेरी दरखास्त
५. सक्कल प्रहरी प्रतिवेदन
६. सर्जमिन मुचुल्का
७. पोष्टमार्टम रिपोर्ट
८. मृत्यु दर्ता प्रमाण–पत्र
९. लास सदगत् पुर्जी
१०. नाता प्रमाण–पत्र
११. अन्य सान्दरर्भिक कागजपत्र

Read More Show Less