Skip to content

वाणिज्य वाहन

यसले सवारी साधनको प्रयोगवाट दैनिक रुपमा आउन सक्ने जोखिमलाई वहन गर्दछ । ब्यवशायिक सवारी साधन बीमा व्यापक अथवा तेस्रो पक्षको मात्र नोक्सानीको जोखिम वहनहुने गरि गर्न सक्ने व्यवस्था छ ।

के जोखिम वहन हुन्छ ?


ब्यवशायिक सवारी साधनको व्यापक वीमा


व्यापक निजी सवारी साधनको बीमालेखले तपाईकोे ब्यवशायिक सवारीको (यात्रु तथा मालसामान बोक्ने सवारी साधन, ट्याक्टर, टेम्पो, ट्याक्सी, कृषी तथा निमार्णका सवारी साधनहरु) निम्न कारणले हुने क्षतिको जोखिम वहन गर्दछः

  • आगलागी तथा चट्याङ
  • बाहिरी दुर्घटना
  • चोरी वा डाँका
  • प्राकृतिक विपत्
  • हुलदंगा (अतिरिक्त वहन)
  • चालक र यात्रुको मृत्यु अथवा शारीरिक चोट–पटक
  • तथा तेश्रोपक्ष कानूनी दायित्व

तेस्रो पक्ष मात्र वहनः

  • तपाईको कानूनी दायित्व
  • तेस्रो पक्षको मृत्यु अथवा शारीरिक चोटपटक
  • तेस्रो पक्षको सम्पत्ति क्षति
  • चालक अथवा यात्रुको मृत्यु अथवा शारिरिक चोटपटक

यस कम्पनीवाट निजी सवारी साधनको बीमालेख 1st December, 1993 मा प्रथम पटक जारी गरिएको थियो ।

दाबी गर्नलाई के के चाहिन्छ ?


व्यापक बीमा जोखिम वहन सम्वन्धमा

  • Claim Intimation (चिठ्ठी वा इमेल)
  • आधिकारिक मर्मतकर्ता बाट प्राप्त अनुमानित लागत/कोटेशन
  • पूर्ण रुपमा भरिएको दाबी फारम
  • चालक अनुमति पत्र र अद्यावधिक सवारी दर्ता किताब (ब्लु बुक)
  • सम्बन्धित प्रहरी अधिकारी बाट सक्कल रिपोर्ट
  • सक्कल भ्याट बिल (VAT Bill)/मर्मतको नगद मेमो

तेस्रो पक्ष जोखिम वहन सम्वन्धमा

  • तेस्रो पक्ष सवारी साधन
  • अधिकृत मर्मतकर्ताबाट अनुमानित लागत÷कोटेशन
  • पूर्ण रुपमा भरिएको दाबी फारम
  • चालक अनुमति पत्रको प्रतिलिपि, सवारी दर्ता किताब (ब्लु बुक) र मार्ग अनुमति (If Applicable)
  • प्रहरी प्रतिवेदन
  • सक्कल भ्याट बिल/मर्मत प्रतिस्थापनको नगद मेमो
  • तेस्रो पक्ष सवारी/मोटरसाइकल बीमालेख प्रतिलिपि

चोटपटक/मृत्यु

  • प्रहरी प्रतिवेदन
  • उपचारार्थ अस्पताल÷नर्सिङ होमले जारी गरेको आकस्मिक कार्ड
  • उपचारमा खटेका चिकित्सको वा अस्पतालको प्रेस्कीप्सन, नर्सको दैनिक उपचार विवरण
  • सक्कल डिस्र्चाज प्रतिवेदन
  • औषधी खर्चको सक्कल विल
  • कानूनी अधिकारी समक्ष गरेको मिलापत्रको सक्कल


मृत्यु भएकोमा

  • पोष्टमार्टम रिपोर्ट
  • नाता प्रमाण–पत्र
Read More Show Less