Skip to content

समुद्री बीमा

तपाईलाई जब हाम्रो सेवा आवश्यक हुन्छ, हामी हरपल तपाईको साथ हुने छौं ।

तपाईको मालसामान मार्गस्थ ढुवानीको क्रममा विभिन्न जोखिमको सामना गर्नुपर्ने हुन्छ । दुर्घटना, पानी वा आगोबाट हुने क्षती, ढुवानीकर्ताले मालसामान जथाभावी राख्ने, चोरी वा आंशिक चोरी आदि सबै तपाईको मालसामानको मार्गस्थ ढुवानीका क्रममा संभाव्य जोखिम हुन । सामुद्रिक मार्गस्थ बीमाले तपाईको मालसामान मार्गस्थ ढुवानीको क्रममा सम्पूर्ण जोखिमको रक्षावरण गर्दछ ।

रक्षावरण हुने जोखिमहरुः


सामुद्रिक मार्गस्थ बीमाले निम्न अवस्थामा सामना हुने जोखिमके रक्षावरण गर्दछ ।

  • सामुद्रिक ढुवानी
  • अन्तरदेशीय मार्गस्थ
  • हवाई ढुवानी

सम्पूर्ण जोखिम रक्षावरणको विस्तृत रुप हो । सम्पूर्ण जोखिम बीमालेखले बाह्य कारणबाट हुने मालसामानको भौतिक हानीनोक्सानी वा क्षतीको रक्षावरण गर्दछ । यस्मा सामान्य रुपमा टुटफुट, चुहावट तथा मालसामानको प्रकृतीका कारण नाश नहुने नयाँ प्याकेज गरिएका मालसामान समावेश गरिन्छ । सम्पूर्ण जोखिम बीमालेखले अन्तरराष्ट्र्यि सामुद्रिक ढुवानीका क्रममा प्रायजसो सम्भाव्य जोखिमलाई रक्षावरण गर्दछ ।

दाबीकालागि के के चाहिन्छ ?

  • पूर्ण रुपमा भरेको दाबि फाराम
  • ढुवानीकर्तालाई दिएको सामान क्षती सम्बन्धि विवरण
  • ढुवानीकर्ता माथि सामान क्षती दाबिको प्रतिलिपी
  • ढुवानीकर्ताले प्रदान गरेको सामान क्षती वा अपुग वा सामान हस्तान्तरण नभएको प्रमाणपत्रको सक्कल प्रति
  • मालसामानको कर विजक तथा प्याकिंग वा तौल सूची
  • उत्पतिको प्रमाणपत्रको प्रति
  • सामान ढुवानीकालागि बुझउंदाको अवस्थामा सामानको स्थिती प्रस्त्याउने बिल अफ लाडिंग वा कन्साईन्मेट नोट वा रेलवे वा एअरवे बिलको प्रति
  • कस्टम ट्रन्जिट डिक्लेरेसनको प्रति
  • अन्तिम बिन्दुमा पुगेको अवस्थाको तौल प्रमाणपत्र
  • कलकत्ता पोर्ट ट्र्स्टबाट जारी प्रमाण पत्र
  • भंसार प्रज्ञापन पत्रको प्रति
  • बीमालेखको सक्कल प्रति
  • प्रिडिस्प्याच सर्भे रिपोर्टको प्रति सहित क्लेम बिल (अवस्था अनुसार लागुहुने)
  • बीमीतको अधिकार प्रत्यासन पत्र
  • छानबिनकालागि आवश्यक अन्य कागजातहरु
Read More Show Less