Skip to content

ईन्जिनियरिंग बीमा

यस किसिमको बीमालेखले भवन तथा संरचना निर्माणका सम्पूर्ण कार्य जस्ता विभिन्न ईन्जिनियरिंग कार्यहरु, निर्माण स्थलमा रहेका निर्माण उपकरणहरुमा तथा कलकारखानाहरुमा हुने मेशीनहरुको अप्रत्यासित हानी नोक्सानीको रक्षावरण गर्दछ ।

मेशीनरी ब्रेकडाउन बीमा


कुनै पनि ठुला उत्पादन प्रकृयामा यन्त्र उपकरणहरुमा धेरै लगानी गरिएका हुन्छन । अग्नी वा सम्पती बीमाले आगलागी तथा अन्य धेरै जोखिमबाट हुने क्षती रक्षावरण गरेता पनि यन्त्र उपकरणहरु अप्रत्यासित रुपमा विग्रेर हुने क्षती वहन हुदैन । यस प्रकारको विग्रेर हुने नोक्सानी अति महंगो साबित हुन सक्छ जस्को मर्मत वा पुनस्र्थापनाका लागि पार्टपुर्जा साथै दक्ष विशेषज्ञ बिदेशबाट मगाउनु पर्ने हुन्छ सक्छ । मेशीनरी ब्रेकडाउन बीमालेखले यस्ता घटनाबाट हुने नोक्सानको रक्षावरण गर्दछ ।

के रक्षावरण गर्दछ ?


यस बीमालेखले निम्न अप्रत्यासित घटनाका कारणबाट यन्त्र उपकरणहरु जस्तै बिद्युतिय तथा यान्त्रिक उपकरणहरु र अन्य प्रकृयाका यन्त्रहरुमा हुने भौतिक क्षतीको रक्षावरण गर्दछः

  • असावधानी वा हेलचेक्राईं
  • बिद्युतिय प्रवाहमा गडवढि, सर्टसर्किट वा व्यवधान,
  • सुरक्षा उपकरणको संचालन विफलता
  • संरचनागत त्रुटि, त्रुटिपूर्ण सामग्री वा त्रुटिपूर्ण जडान
  • कम्पन, गलत जडान, पार्टपुर्जाको ढिलापन, असाधारण अत्यधिक चाप, अत्यधिक संचालन, केन्द्रिय परिचालित शक्ति, वा अत्यधिक गति
  • त्रुटिपूर्ण वा दुर्घटनाका कारण चिल्लो पदार्थको आकस्मिक अभाव वा अचानक रुकावट वा पानीको चाप वा अत्यधिक ताप
  • खसेर वा आघात वा ठोकेर वा यस्ते घटना
  • रोकावत वा वाह्य वस्तुको प्रवेश
  • ठेक्केदारको सम्पुर्ण जोखिम
  • यस बीमालेखले भवन, पुल, बाँध तथा उपकरण संरचनाहरु निर्माण गर्ने क्रममा ठेक्केदारलाई हुनसक्ने हानी नोक्सानीको रक्षावरण गर्दछ । यो बीमालेखलाई ठेक्काको अवधिमा हुन सक्ने ठेक्केदारको तश्रो पक्ष कानुनी दायित्व वहन हुने गरि विस्तार गर्न सकिन्छ ।

बोईलर बिस्फोटन बीमा


यस बीमालेखले बोईलर तथा चापिय यन्त्र उपकरणहरुमा अग्नीबाट बाहेक बिस्फोटनबाट हुने क्षतीको रक्षावरण गर्दछ । यसले सामान्य रुपमा संचालनमा रहेका चापिय उपकरण खसेर वा विस्फोटनका कारण हुन सक्ने वरपरका सम्पतीको क्षती र तश्रो पक्षको कानूनी दायित्व समेत रक्षावरण गर्दछ ।

मेशिनरी ब्रेकडाउन लस अफ प्रोफिट बीमा


यस बीमालेखले बीमीत परिसरमा संचलानमा रहेका यन्त्र उपकरण अप्रत्यासित दुर्घटनाका कारण क्षती भई कम्पनीको आय वा उत्पादन कमी वा व्ययभार थप हुन गएका कारण हुन जाने कम्पनीको मुनाफाको कमीको रक्षावरण गर्दछ ।

विद्युतिय उपकरण बीमा


यस बीमालेखले व्यक्तिगत कम्प्युटर देखि जटिलपूर्ण उपकरण जस्ता सबै प्रकारका बिद्युतिय उपकरणहरुको हानीनोक्सानको रक्षावरण गर्दछ ।
परिच्छेद १ः अपवादमा उल्लेख भएका बाहेकका कारण विद्युतिय उपकरणहरु अप्रत्यासित अचानक क्षती भएमा रक्षावरण
परिच्छेद २ः बाह्य डाटा मेडियामा हुने क्षतीको रक्षावरण
परिच्छेद ३ः काममा हुने व्यय भारको बृद्धिको रक्षावरण

निर्माण सम्पूर्ण जोखिम । भण्डारण तथा निर्माण बीमा


यस बीमालेखले परियोजना निर्माण, तथा त्यसको जाँच र संचालन परिक्षणका क्रममा आउने संभाव्य क्षतीलाई रक्षावरण गर्दछ ।

ठेकेदारको यन्त्र उपकरण बीमा


यो एक व्यापक बीमालेख हो जस्ले केहि अपवादमा उल्लेखित वाहेक निश्चित निमार्ण क्षेत्र भित्र निमार्ण यन्त्र उपकरणमा हुने अप्रत्यासित हानीनोक्सानीको रक्षावरण गर्दछ ।

दाबीका लागि के के चाहिन्छ ?

  • पूर्णरुपमा भरेको दाबि फाराम
  • अधिकृत मर्मतकर्ताबाट मर्मत वा पूनस्र्थापनाका लागि लाग्ने अनुमानित लागतको विवरण
  • प्रहरीमा उजुरी वा घटना दर्ताको प्रमाण
  • सम्बन्धित प्रहरी वा नगर वा गाउँ पालिको प्रतिवेदन
  • सर्जमिन मुचुल्काको प्रति
  • हावाहुरी, बाढि वा वर्षाका कारण नोक्सान भएमा मौसम विभाग वा कार्यालयको प्रतिवेदन
  • तपाईको प्राविधिकव्दारा जारी गरेको नोक्सानीको कारण तथा सो को आवश्यक मर्मत वा पुनस्र्थापना पुष्ट्याईँ हुने प्रतिवेदन
  • आगलागीबाट भएको क्षतिको हकमा दमकल अधिकारीको प्रतिवेदन
  • ठेक्का निर्माणकार्यको नोक्सानीको हकमा बिल अफ क्वान्टिटको प्रति
  • मर्मत खर्चको कर विजक
  • क्षति भएको सामानको खरिदका बखतको लागत प्रमाणित गर्ने खरिद बिलको प्रति
  • लेखापरिक्षण प्रतिवेदनको प्रति (आवश्यकता अनुसार)
  • छानबिनका क्रममा आवश्यक पर्न सक्ने अन्य कागजात
Read More Show Less