Skip to content

ट्राभल बीमा

यस कम्पनीवाट प्रदान गरिने ट्राभल वीमालेखवाट तपाईलाई यात्राको क्रममा आईपर्ने स्वास्थ उपचार तथा भरपर्दो सुरक्षा प्रदान गर्दछ । साथै तपाईको यात्रा क्रममा आइपर्ने अप्रयाशित नोक्सानीलाई ट्राभल बीमाले वहन गर्छ ।

तपाईको विदेश भ्रमणको बखत अप्रत्याशित रुपमा आइपरेका बिमारी र चोटपटकको हामी सक्दो भरपर्दो सुरक्षा प्रदान गर्दछौ । हाम्रो विदेशी साझेदारहरुले तपाईलाई संसारको जुनसुकै मुलुकमा पनि चिकित्सा सहायता प्रदान गर्दछ ।

वीमालेखको किसिम

  • एकल यात्रा
    ○ कहिलेकाँही मात्र यात्रा गर्ने यात्रुको लागि
  • वार्षिक रुपमा धेरै पटकको यात्रा
    ○ वर्षमा बारम्बार विश्व भ्रमण गर्ने यात्रु
  • व्यवसायिक यात्रा
    ○ आफ्नो व्यवसायको शिलशिलामा बारम्बार यात्रा गर्ने यात्रु
  • विद्यार्थीहरुको लागि वीमा योजना

के वहन हुन्छ?

ट्राभल बीमाले निम्न लाभ प्रदान गर्दछः

  • व्यक्तिगत दुर्घटना
  • आकस्मिक चिकित्सा खर्च तथा सुरक्षित प्रस्थान
  • अस्पताल लाभ
  • लगेजमा भएको नोक्सानी तथा ढिला लगेज प्राप्त हुनु
  • राहदानी हराएमा
  • व्यक्तिगत दायित्व
  • यात्रामा हुने ढिलाई
  • विमान अपहरण
  • परिवारका सदस्यको मृत्युका कारण आकिस्मक घर फर्किनु
  • महाविपत्ति
  • कानूनी खर्च
  • अन्तेष्ठी कार्य

दाबी गर्नलाई के चाहिन्छ?

गैर–आपत्कालिन व्यवस्थाको लागि

  • बीमितले आफुले बीमा जारी गरेको बीमा कम्पनीलाई आफू स्वदेश फर्केको ३१ दिन भित्र सम्पर्क गर्नुपर्छ ।

आकस्मिक चिकित्सा खर्चको लागि

१. आकस्मििक चिकित्साको लागि थर्ड पार्टी एडमिनिस्ट्रेटर संग सम्पर्क गर्नु पर्दछ ।
२. दाबीकर्ताले भर्नुपर्ने दाबी फारम भर्नु पर्दछ ।
३. सक्कल नगदी रसिद/उपचारको रसिद
४. चिकित्सक/अस्पतालको प्रतिवेदन तथा प्रेस्किप्सन
५. यात्रा कार्यक्रम/विद्युतीय टिकट
६. प्रस्थान तथा आगमन पानामा छाप सहित राहदानीको प्रतिलिपि वा आवश्यकता अनुसार
७. सक्कल बीमालेख

लगेजमा भएको नोक्सानीमा

१. दाबीकर्ताले भर्नुपर्ने दाबी फारम
२. सम्पत्ति अनियमितता प्रतिवेदन (विमान बाट तुरुन्तै प्राप्त गर्नुपर्ने)
३. नोक्सान सम्बन्धी विवरण वायुसेवा बाट पुष्टि हुन पर्ने
४. यात्रा कार्यक्रम/विद्युतीय टिकट
५. लगेज खरिदको विल
६. प्रस्थान तथा आगमन पानामा छाप सहित राहदानीको प्रतिलिपि वा आवश्यकता अनुसार
७. सक्कल बीमालेख

लगेज ढिला प्राप्त भएकोमा

१. दाबीकर्ताले भर्नुपर्ने दाबी फारम
२. लगेजको नोक्सानीको विवरण वा सामान वितरण नभएको प्रमाण–पत्र (वायुसेवा कम्पनीबाट तुरुन्तै प्राप्त गर्नुपर्ने)
३. आकस्मिक रुपमा सामान खरिद गरेको विल
४. ढिलाईको अवद्यी वा सामान प्राप्त गरेको समयको निस्सा र ढिलाईको कारण सम्बन्धी वायुसेवाले दिएको पुष्टि
५. यात्रा कार्यक्रम (विद्युतीय टिकट)
६. प्रस्थान तथा आगमन पानामा छाप सहित राहदानीको प्रतिलिपि वा आवश्यकता अनुसार
७. सक्कल बीमालेख

यात्रा ढिलाई भएमा

१. दाबीकर्ताले भर्नुपर्ने दाबी फारम
२. ढिलाईको प्रकृति र अवधि सम्बन्धी वाउुसेवाबाट पुष्टि भएको बयान
३. बोर्डिङ पास
४. यात्रा कार्यक्रम ( विद्युतीय टिकट)
५. प्रस्थान तथा आगमन पानामा छाप सहित राहदानीको प्रतिलिपि वा आवश्यकता अनुसार
६. सक्कल बीमालेख

Read More Show Less