Skip to content

बाली बीमा

बीमाका विषयवस्तु

यस बीमा अन्तर्गत नीजि तथा व्यवसायिक प्रयोजनको लागि गरिने धान खेती, तरकारी खेती, आलु खेती र फलफुल खेतीको बीमा गरिन्।

बीमालेख अन्तर्गत समावेश जोखिमहरु

  • आगलागी / चट्याङ
  • भूकम्प
  • बाढी / डुवान, पहिरो वा भूस्खलन
  • असिना, हिउ वा तुसारो
  • आकस्मिक दुर्घतनाजन्य बाह्रय करणहरु
  • किरा तथा रोगबाट हुने हानि नोक्सानीबाट बालीको हानि नोक्सानी

बीमा योग्य परिमाण / अधिकतम बीमाड्ढ

बाली बीमा गर्नका लागि न्यूनतम क्षेत्रफल पहाडमा ८ आना (आधा रोपनी) र तराई १ कठ्ठामा गरिएको खेती हुनु पर्ने छ । साथै बाली बीमाको अधिकतम बीमाङ्ग रकम नेपाल सरकार कृषि मन्त्रालयको तथ्थाङ्गका आधारमा बीमित र बीमकबाट मान्यता प्राप्त प्रविधिकले घोषणा गरेको बाली लगाउँदा देखि बाली पाक्दासम्म लाग्ने लागत मुल्य हुने छ ।

दाबी गर्न चाहिने आवश्यक कागजातहरु

  • क्षति भएको लिखित जानकारी पत्र
  • पूर्णरुपमा भरिएको दाबी फारम
  • सम्बन्धित प्राबिधिकको सिफारिस पत्र
  • वडा कार्यालयको सिफारिस पत्र
  • साक्षी सर्जमिन मुचुल्का
  • बिषयगत कार्यालयको सिफारिस
  • क्षति भएको बस्तु / क्षेत्रको क्षतिग्रस्त फोटो
  • क्षति हुनबाट बचाउन के प्रयास गरियो सोको बिवरण (क्षतिको कारण पहिचान(Diagnosis) उपचार सिफारिस (Prescription) उपचार (Treatment) को लागी ओैषधी खरिद गरेको बील भरपाइ संलग्न गर्ने ।
  • प्रयोगशाला परिक्षण भएको भए सोको प्रतिवेदन ।
  • उक्त बीमित पशुधनमा लगाएको सङ्केत पट्टा
  • दावी भएका पशुधनको फोटोहरु । (संकेत पट्टा न. प्रष्ट आउनेगरी)
  • सम्बन्धित प्राबिधिकको प्रतिबेदन क्षति मुल्यांकन सहित (With details of Loss measurement & Amount)
  • लागत बिवरण ( क्षति भएको दिन सम्मको )
  • क्षतिग्रस्त बस्तुको बिसर्जन गरिएको फोटो ।
Read More Show Less