Skip to content

पारिवारिक बीमा योजना

बीमा लाभहरुः

१. व्यक्तिगत दुर्घटना बीमा रु.१० लाख प्रति व्यक्ति (श्रीमान्–श्रीमती)
२. अस्पताल आय बीमा रु.२ लाख प्रति परिवार (श्रीमान्–श्रीमती र बढीमा २ जना आश्रीत बच्चाहरु)
३. घर बीमा रु.१ करोड सम्म

१. व्यक्तिगत दुर्घटना बीमालेखका केही लाभ तथा सर्तहरुः

दुर्घटना बीमालेख रु.१० लाख प्रति व्यक्ति (श्रीमान्–श्रीमती):

यस बीमालेखमा दुर्घटना भन्नाले बाहिरी आँखाले स्पष्ट देख्न सकिने र सांद्यातिक माध्यमबाट हुने आकस्मिक र अप्रत्यासित घटना सम्झनु पर्दछ र अन्य दुर्घटनाको कारणले हुने क्षतिलाई रक्षावरण गदर्छ ।

रक्षावरणको क्षेत्रः
उमेर सीमा : ६५ वर्ष उमेर सम्म
भौगोलिक रक्षावरणः विश्वभरी
श्रीमान्–श्रीमतीको लागि मात्र

लाभहरुः
(क) मृत्यु
(ख) स्थायी पूर्ण अशक्तता
(ग) स्थायी आंशिक अशक्तता

व्यक्तिगत दुर्घटना बीमालेखका अपवादहरुः
यस बीमालेख अन्र्तगत देहायको अवस्थामा दाबी भुक्तानी गर्ने छैनः

  • जाना जानी आफैले लगाएको चोट, आत्महत्या, मादक पदार्थ सेवन
  • जोखिमयुक्त खेलकुद
  • औषधोपचार खर्च
  • जाना जानी जोखिम मोल्ने वा कानूनको उल्लंघन गर्ने

२. अस्पताल आय बीमालेख (प्रति परिवार रु.२,००,०००/)

यस बीमालेखले दुर्घटना वा बिरामीको कारणले हुन गएको अस्पताल भर्ना खर्चलाई रक्षावरण गर्दछ ।

रक्षावरणको क्षेत्रः
उमेर सीमाः ६५ वर्ष उमेर सम्म
भौगोलिक सीमाः नेपाल र भारत मात्र
परिवार भन्नाले बीमित+जीवनसाथी+२१ वर्ष सम्मका २ पूर्णतया आश्रित बच्चाहरु

लाभ (पारिवारिक फ्लोटर)सीमा
कोठा शुल्क प्रति दिनरु.१,०००/-
(अधिकतम दायित्व बढीमा ४५ दिन सम्म प्रति व्यक्ति प्रति वर्ष)
सर्जिकल लाभ
सामान्य (बढीमा)रु.१५,०००/-
मध्यम (बढीमा)रु.३०,०००/-
मुख्य (बढीमा)रु.४५,०००/-
वार्षिक सम्रग फ्लोटर आधारमा प्रति परिवार लाभरु.२००,०००-/

अस्पताल भर्ना बीमालेखका अपवादहरुः


यस बीमालेख अन्तर्गत देहायका अवस्थामा दाबी भुक्तानी गर्ने छैनः

  • हुलदंगा, हड्ताल र आतंकवादमा संलग्नताका कारणले हुन आएको चोटबाट अस्पताल भर्ना ।
  • बीमालेख खरिद गरेको मितिदेखि ३० दिन भित्र भएको अस्पताल भर्ना (बिरामी भएको हकमा मात्र लागु हुने) ।
  • पूर्व–अवस्थित रोगको कारणले गर्दा अस्पताल भर्ना ।

व्यक्तिगत दुर्घटना बीमालेख र अस्पताल आय बीमालेखको लाभ, अपवाद तथा शर्तहरु विस्तृत रुपमा बुझ्नको लागि hgi.com.np/ हेर्नुहोस् ।

३. घर बीमा (१,००,००,०००) सम्मको आवासिय घर र सामग्री बीमाः
यस बीमालेखले घर तथा घर भित्र भएका सामाग्रीको नोक्सान वा क्षतिको रक्षावरण गर्दछ ।

घर बीमालेखले रक्षावरण गर्ने जोखिमहरुः

  • आगलागी तथा चट्याङ
  • हावा हुरीवतास÷बाढी, डुवान÷पहिरो, चट्टान खस्ने वा भासिने
  • भूकम्प
  • विस्फोटन÷आकासीय सामग्रीजन्य क्षति
  • चोरी तथा डकैती
  • धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति÷स्वजलन
  • भग्नावशेष विस्थापन गर्ने खर्च
  • बीमित परिवारको बढीमा ५ सदस्यलाई घर परिसर भित्र बीमित जोखिमको कारणबाट रु. पाँच लाख प्रति व्यक्ति दुर्घटना बीमा
  • आर्किटेक्ट, इन्जिनियरिङ वा सर्भेयर शुल्क

वैकल्पिक रक्षावरण

  • हुलदंगा, हड्ताल तथा आतंकवादजन्य क्षति (यो वैकल्पिक जोखिम बीमाङ्कको ०.०१% को दरले अतिरिक्क्त बीमाशुल्क रु. १,०००÷ भुक्तान गरी बीमालेखमा समावेश गर्न सकिनेछ)

हामीसंग अनलाइन मार्फत जोडिनुहोस् र सजिलै बीमा गर्नुहोस् ।

बीमा गर्न वा विस्तृत जानकारीका लागि सम्पर्कः ९८०१९११०६१
इमेलः [email protected]
बीमा गर्नः https://bit.ly/3dd6GVe

Read More Show Less