Skip to content

HGI व्यक्तिगत लाइन योजना / प्याकेज

सव।र व्यक्तिगत दुर्घटना बीमा

● बीमा लाभहरुः

यस बीमालेखमा दुर्घटना भन्नाले बाहिरी आँखाले स्पष्ट देख्न सकिने र सांद्यातिक माध्यमबाट हुने आकस्मिक र अप्रत्यासित घटना सम्झनु पर्दछ र अन्य दुर्घटनाको कारणले हुने क्षतिलाई रक्षावरण गदर्छ ।

लाभहरुः
(क) मृत्यु – अनुसूचीमा उल्लेखित बीमाङ्क रकम ।
(ख) स्थायी पूर्ण अशक्तता – अनुसूचीमा उल्लेखित बीमाङ्क रकम ।
(ग) स्थायी आंशिक अशक्तता – अनुसूचीमा उल्लेखित बीमाङ्कको ५० प्रतिशत रकम ।
(घ) औषधोपचार खच – औषधोपचार खर्च बिल अनुसार बढीमा रु.२५०००÷— सम्म ।

रक्षावरणको क्षेत्रः
उमेर सीमा ः ६० वर्ष उमेर सम्म
भौगोलिक रक्षावरणः विश्वभरी
एकल मात्र ।

व्यक्तिगत दुर्घटना बीमालेखका अपवादहरुः
यस बीमालेख अन्र्तगत देहायको अवस्थामा दाबी भुक्तानी गर्ने छैनः

  • जाना जानी आफैले लगाएको चोट, आत्महत्या वा आत्महत्याको प्र्यास, मादक पदार्थ वा लागुऔधिको प्रभावको कारणबाट
  • जोखिमयुक्त खेलकुद
  • जाना जानी जोखिम मोल्ने वा कानूनको उल्लंघन गर्ने
  • बीमालेखका अपवादहरु बीमालेखमा उल्लेख गरिए विमोजीम हुनेछ ।

श्रमजीवि दुर्घटना बीमा योजना

हिमालयन जनरल इन्स्योरेन्स तपाईको सुरक्षाको लागि सरोकार राख्दछ । तपाईको दैनिक जीवन र काममा रहंदा दुर्घटना हुनसक्छ । यदि तपाई निम्न पेशामा हुनुहुन्छ भने तपाई उच्च जोखिममा हुनुहुन्छः

  • बिजुली जडान
  • कालिगड
  • सिलाइ बुनाई
  • निर्माण क्षेत्रको काम
  • मेकानिकल कार्य
  • सिकर्मी काम
  • अन्य


यस किसिमको पेशामा हुन सक्ने दुर्घटना बाट तपाई र तपाईको परिवारलाई ठूलो आर्थिक भार निम्त्याउन सक्छ । त्यसकारण, तपाई र तपाईको परिवारलाई उक्त आर्थिक भार बाट जोगाउन हिमालयन जनरल इन्स्योरेन्सले श्रमजीवि दुर्घटना बीमा, (व्यक्तिगत दुर्घटना बीमा) लिएर आएको छ ।

लाभ तथा रक्षावरण


दुर्घटनाको कारण बाट हुने :
क. मृत्यु : बीमाङ्कको १०० प्रतिशत रकम
ख. स्थायी पूर्ण अशक्तक्ता : बीमाङ्कको १०० प्रतिशत रकम
ग. स्थायी आंशिक अशक्तक्ता : बीमाङ्कको ५० प्रतिशत रकम सम्म

  • एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा/हातको बुढी औलाको पूर्ण रुपले क्षति भएमा : बीमाङ्कको २० प्रतिशत रकम
  • हातको चोरी औला पूर्ण रुपले क्षति भएमा : बीमाङ्कको १५ प्रतिशत रकम
  • हातको अरु कुनै औलाको पूर्ण रुपले क्षति भएमा : बीमाङ्कको ७ प्रतिशत रकम प्रति औला
  • खुट्टाको बुढी औला पूर्ण रुपले क्षति भएमा : बीमाङ्कको ५ प्रतिशत रकम
  • खुट्टाको अरु कुनै औलाको पूर्ण रुपले क्षति भएमा : बीमाङ्कको ४ प्रतिशत रकम
  • अन्य कुनै अंगभंग भएमा : विशेषज्ञले निर्धारण गरे बमोजिम


घ. चोटपटकको लागि औषधोपचार खर्च : रु. १५,००० प्रति दुर्घटना


रक्षावरणका क्षेत्र
उमेर सीमा : साठी वर्ष सम्म
भौगोलिक रक्षावरण : विश्वभरी

अपवाद

  • जानी जानी आफैले लगाएको चोट, आत्महत्या वा आत्महत्याको प्रयास
  • मादक पदार्थ सेवन वा लागु औषधीको नशा
  • जोखिमयुक्त खेलकुद
  • जानाजान जोखिम मोल्ने
  • कानूनको उल्लंघन
  • अन्य अपवाद बीमालेखमा उल्लेख भए बमोजिम

हामीसंग अनलाइन मार्फत जोडिनुहोस् र सजिलै बीमा गर्नुहोस् ।
बीमा गर्न वा विस्तृत जानकारीका लागि सम्पर्कः ९८०१९११०६१
इमेलः [email protected]

Read More Show Less